नेभिगेशन
अर्थतन्त्र

सामान्य घट्यो शेयरबजार

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयरबजार सामान्य अंकले घटेको छ । कारोबार मापक नेप्से परिसूचक ५.१५ प्रतिशतले घटेर २५४०.५७ को विन्दुमा कायम भएको हो । बजारमा लगानीकर्ताको चहलपहल घटेकाले कारोबार रकममा पनि गिरावट आएको छ । तीन अर्ब ८९ करोड ३९ लाख रुपैयाँ बराबरको ७९ लाख ५७ हजार ५६ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका २५७ कम्पनीमध्ये १६८ वटाको शेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । ७५ कम्पनीका शेयरधनीले कमाएका छन् भने १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ फ्लोट सूचक १.४४ अंक घटेर ४३९.४४ विन्दुमा कायम भएको छ । यस्तै, साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक ०.५० अंक घटेर १७३.६१ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक ०.५६ अंकले घटेर १४८.९३ विन्दुमा झरेको छ ।

अन्य समूह सबैभन्दा धेरै ०.७२ प्रतिशत बढेको छ । त्यसपछि होटल तथा पर्यटन समूह ०.१८ प्रतिशत र उत्पादन तथा प्रशोधन ०.०२ प्रतिशत बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह ०.८७ प्रतिशत घटेको छ । त्यसपछि विकास बैंक ०.५२ प्रतिशत, निर्जीवन बीमा ०.४९, जलिविद्युत ०.४९, लघुवित्त ०.३८, लगानी ०.३४, बैंकिङ ०.३०, म्युचुअल फण्ड ०.१४, जीवन बीमा र व्यापार समूह ०.१० प्रतिशतले घटेका छन् । बजार घटे पनि सागर डिस्टिलरी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्