नेभिगेशन
अर्थतन्त्र

जिली इएक्स फाइभ ईभी अब बुटवलमा

बुटवल । विश्वचर्चित जिली इएक्स फाइभ ईभी रुपन्देही जिल्लाको बुटवलमा भित्रिएको छ । आधुनिक डिजाइन, सर्वशक्तिशाली ब्याट्रि प्रविधी र उत्कृष्ट पर्फमेन्सको कारण विश्वजगतमा उपभोक्ताहरूमा लोकप्रिय बनेको जीली इएक्स् बुटवलमा बजारमा प्रवेश पाएको हो । चीनको जीली अटो ग्रुपद्धारा उत्पादित जिली इएक्स फाइभ म्याक्स र प्रो दुबै भेरियण्टको सोमबार तिलोत्तमा ३, सिताराइसमिल चोकमा आवस्थित शोरूममा उद्घाटन गरिएको हो । नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले देशभर डिलर विस्तार गर्ने रणनीतिअन्तर्गत बुटवलमा सोमार्जुन मोटर्सलाई आधिकारिक डिलर नियुक्त गरको हो ।

शोरूमको उद्घाटन एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाही र सोमार्जुन मोटर्सका संस्थापक तथा सीईओ अर्जुन पाठकले संयुक्त रुपमा गरेका छन् । अब बुटवल र आसपासका क्षेत्रहरूका लागि जिली इएक्स फाइभका ईभिहरू यही शोरूमबाट उपलब्ध हुनेछ ।

सोमार्जुन मोटर्सले बुटवलका दुई जना ग्राहकहरूलाई एकएक वटा जिली इएक्स फाइभको विक्री गरी औपचारिक विक्री वितरण सुरु गरेको छ । सुरुवाती दिनमै दुईवटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरूको रुचीलाई दर्शाएको सीईओ पाठकले बताए । यस्तै, एलआरआर मोटर्सका निर्देशक शाहीले जिली ब्राण्डको देशव्यापी विस्तारमा सोमार्जुन मोटर्सजस्तो प्रतिवद्ध र सक्षम साझेदार आवश्यक रहेको बताए ।

बुटवलमा जिली इएक्स फाइभ उपलब्ध भएसँगै ग्राहकहरूले सहज सेवा, गुणस्तरीय स्पेयर पाट्र्स तथा उत्कृष्ट विक्री पछिको सेवा पनि समोमार्जुन मोटर्समार्फत प्राप्त गर्ने बताइएको छ । विश्वव्यापी ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा जिली इएक्स् फाइभ प्रो र म्याक्स मोडलहरू लोकप्रिय मानिन्छन् ।

विभिन्न ५ वटा आकर्षक रङ्मा उपलब्ध रहेका गाडीहरूमा ६० दशमलब २ किलोवाट क्षेमताको एल.एफ्.सी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । गाडी निर्माण गर्ने जिली अटो ग्रुप आफैले उत्पादन गरेको ब्याट्रिले आठ ओटा निडल परीक्षण पास गरी संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित भएको कम्पनीको दाबी छ । कम्पनीले ब्याट्रिको आयु १० लाख किलोमिटर वा ५० वर्ष रहेको बताएको छ । दुबै मोडलमा १ सय ६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ र ४ सय ३० किलोमिटर माइलेज रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र