नेभिगेशन
अर्थतन्त्र

क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स

काठमाडौं । नेपाली क्रिकेटप्रति आफ्नो समर्थनलाई सुदृढ बनाउँदै जस्मिन पेन्ट्सले नेपाल क्रिकेट संघ (क्यान)सँगको साझेदारीलाई यस वर्ष पनि निरन्तरता दिएको छ । कम्पनीले देशका महत्त्वपूर्ण क्रिकेट मैदानहरूको स्तर उकास्न उच्च गुणस्तरका पेन्ट र कोटिङ उपलब्ध गराउँदै आएको छ ।

साझेदारीअन्तर्गत जस्मिन पेन्ट्सले टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानलाई प्रिमियम पेन्ट तथा कोटिङ सामग्री प्रदान गरेको छ । यी दुवै मैदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटको केन्द्र भएकाले, खेलाडी तथा दर्शकका लागि थप सफा, आकर्षक र प्रेरणादायी वातावरण निर्माणमा योगदान गर्न पाएकोमा कम्पनीले गर्व व्यक्त गरेको छ ।

मैदानहरूमा गरिएको रंगरोगनले सौन्दर्य वृद्धि मात्र नभई नेपाली क्रिकेटप्रतिको ऊर्जा, उत्साह र गर्वलाई प्रतीकात्मकरूपमा झल्काएको जस्मिन पेन्ट्सले बताएको छ । कम्पनीका अनुसार यो पहल केवल स्पोन्सरशिप नभइ राष्ट्रका लागि टेवा पुर्‍याउने एउटा प्रयास हो । विश्वस्तरीय पूर्वाधारले घरेलु तथा उदयीमान खेलाडीहरूलाई सिक्ने, अभ्यास गर्ने र प्रतिस्पर्धा गर्ने उपयुक्त वातावरण तयार पार्ने भएकाले यसका दीर्घकालीन फाइदा रहने कम्पनीको विश्वास छ ।

३० वर्षभन्दा बढीको अनुभव बोकेको जस्मिन पेन्ट्सले आगामी दिनमा पनि नेपाली क्रिकेटको उन्नतिमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ । नयाँ सिजन नजिकिँदै गर्दा कम्पनीले क्रिकेटलाई अझ आकर्षक, रंगीन र उत्साहपूर्ण बनाउन योगदान जारी राख्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्