नेभिगेशन
अर्थतन्त्र

एमजी मोटर्स लुम्बिनी लायन्सको मोबिलिटी पार्टनर

काठमाडौं । नेपालमा एमजी मोटर्सको अधिकृत वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपाल प्रिमियर लिग (एनपीएल) का सहभागी टोली लुम्बिनी लायन्ससँग आधिकारिक ‘मोबिलिटी पार्टनर’का रूपमा साझेदारी गरेको छ ।

देशकै सबैभन्दा ठूलो क्रिकेट लिगका लागि गरिएको यो सहकार्यमार्फत खेलाडी तथा टोली व्यवस्थापनलाई आधुनिक, सहज र भरपर्दो एमजी सवारी सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सहकार्य अन्तर्गत पारामाउन्ट मोटर्सले लम्बिन्नी लायन्सलाई प्रिमियम एमजी सवारी साधन उपलब्ध गराउँदै खेलाडीहरूको यात्रा आरामदायी, सुरक्षित र व्यवस्थित बनाउनेछ । यसले टोलीको मनोबल वृद्धिमा मद्दत पुग्ने र खेलमा केन्द्रित हुन सहज वातावरण निर्माण हुने कम्पनीको विश्वास छ ।

पारामाउन्ट मोटर्स प्रालिका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले साझेदारीबारे खुशी व्यक्त गर्दै भने, ‘लम्बिन्नी लायन्ससँगको सहकार्य हाम्रो लागि ठूलो अवसर हो । हामी हाम्रो सवारी साधनमार्फत टोलीलाई प्रत्यक्ष एमजी अनुभव दिलाउन पाउँदा अत्यन्तै उत्साहित छौं । एनपीएल यात्रामा मोबिलिटी पार्टनरका रूपमा साथ दिँदै उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौं ।’

यो पहलसँगै पारामाउन्ट मोटर्सले देशभर आधुनिक एमजी सवारी अनुभव विस्तार गर्दै खेलकुदको प्रवर्द्धनमा आफ्नो सक्रिय योगदानलाई अझ सुदृढ बनाएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्