नेभिगेशन
अर्थतन्त्र

सिद्धार्थ बैंकको लाभांश साधारणसभाबाट पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा आइतबार काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । बैंकले साधारणसभाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैँयाको ५ प्रतिशत बोनस शेयर र सोको करसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गरेको छ । यस्तै, बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्