नेभिगेशन
प्रदेश

प्रचण्डले छाडे, चन्दले पाए

गुलाफको फूल लिएर नेत्रविक्रम चन्द मंगलबार निर्वाचन आयोगमा । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि उनी नेतृत्वको नेकपा (माओवादी) पार्टीले आयोगमा दल दर्ता भएको छ । उनलाई आयोगले दल दर्ताको प्रमाणपत्र र गुलाबको फूल चुनाव चिह्न दिएको छ । प्रमाणपत्र लिन उनी पार्टीका नेता कार्यकर्तासँगै बाजागाजासहित आयोग पुगेका थिए । पुष्पकमल दाहाल प्रचण्डले ‘माओवादी’ नाम छोडेर नेपाली कम्युनिष्ट पार्टी बनाइरहँदा दलको उक्त नाम चन्दले पाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्