नेभिगेशन
प्रदेश

नापीका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगंजस्थित नापी कार्यालय पर्साका दुई कर्मचारीलाई घुस लिएको एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।

उक्त कार्यालयका सर्वेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगर पानीट्यांकीका कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई मंगलबार पक्राउ गरेको हो । उनीहरूविरुद्ध छुट्टै जग्गा दर्ता गर्न सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस मागिरहेको उजुरी आएपछि अख्तियारको टोली पुगेको थियो ।

अनुगमनका क्रममा दुवैलाई सेवाग्राहीबाट घुस लिएको रकमसहित वीरगंज–३ स्थित नापी कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्