नेभिगेशन
दृष्टिकोण

धार्मिक पर्यटनस्थल हलेसी महादेवस्थान

धार्मिक एवं सांस्कृतिकरूपले सम्पन्न महादेवका रूपमा सबैले मान्दै आएका यस हलेसी महादेव जमिन सतहभन्दा ६७ फिट मुनिको प्राकृतिक गुफामा रहेको छ । एउटा सानो पहाडमुनि पूर्वतर्फ फर्किएको चन्द्राकारको प्राकृतिक गुफाभित्र अवस्थित छ हलेसी महादेव ।

काठमाडौंबाट करिब २ सय २२ किलोमिटर पूर्वमा रहेको हलेसी महादेवको अत्यन्तै महत्त्व रही आएको छ । हलेसी महादेवलाई पूर्वका पशुपतिनाथका रूपमा पुँजिदै आएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूले श्रद्धापूर्वक मान्दै आएका यस हलेसी महादेवलाई हिन्दुहरूले देवादिदेव महान् देवताका रूपमा मान्दै आइरहेका छन् भने बौद्धहरूले महान् गुरु पद्मसम्भवका रूपमा मान्दै आइरहेका छन् । धार्मिक एवं सांस्कृतिकरूपले सम्पन्न महादेवका रूपमा सबैले मान्दै आएका यस हलेसी महादेव जमिन सतहभन्दा ६७ फिट मुनिको प्राकृतिक गुफामा रहेको छ । एउटा सानो पहाडमुनि पूर्वतर्फ फर्किएको चन्द्राकारको प्राकृतिक गुफाभित्र अवस्थित छ हलेसी महादेव ।

हलेसी महादेव कसरी उत्पति भयो भन्ने विषयको किंवदन्तीअनुसार एकपटक एक जना राक्षसले महादेवको तपस्या गरेर खुसी पारेछन् । महादेवले प्रसन्न हुँदै ‘के वरदान माग्छौ माग’ भन्दा त्यो राक्षसले मेरो हात जसको टाउकोमा राख्छु ऊ तत्कालै भष्म होस् भन्ने वरदान मागेछ । महादेवले पनि तथास्तु भनेर वरदान दिए । त्यस राक्षसले तत्कालै हजुरको वरदानको परीक्षण गरी हेर्नुपर्‍यो कसलाई गरूँ भन्दै ‘हजुरकै शिरमाथि मेरो हात राखी हेर्नुपर्‍यो’ भनेछ । अनि त महादेवलाई फसाद पर्‍यो । वरदान पनि दिनु उल्टै आफैं भष्म हुनुपर्ने ? यो त घोर अन्याय भयो भन्दै महादेव भाग्न थाले । त्यो राक्षसले पनि महादेवलाई लखेट्न थालेछ ।

वैकुण्ठमा आराम गरिरहेका विष्णु भगवानले यस्तो दृश्य देखेर आश्चर्यमा परेछन् । अनि विष्णु भगवानले महादेवलाई बचाउनुपर्‍यो भन्ने सोचेर तत्कालै त्यस स्थानमा आएर एक परम सुन्दरीको रूप लिई त्यस राक्षसका सामु देखापरे । त्यो राक्षस पनि एकछिन त अलमलमा परे । यस्ती राम्री सुन्दरी कताबाट आइपुगिन् । आहा कति राम्री, यसैलाई लान पाए हुन्थ्यो भन्ने सोचेर भने, ए सुन्दरी तिमी को हौ ? कताबाट आयौ ? तिमीलाई देखेर म त मोहित भएँ, मसँग जान्छ्यौ ? तब सुन्दरीले हुन्छ तर पहिला मसँग तिमी नाच्नुपर्छ । मैले जस्तो गरी नाच्छु त्यस्तै गरेर नाच्नुपर्छ भन्दा त्यो राक्षसले पनि हुन्छ भनेछ । अनि सुन्दरी रूपी विष्णुले अनेकौं हाउभाउ गर्दै नाच्न थालेछ । सुन्दरीले नाच्दानाच्दै आफ्नो हात टाउका माथि राखिन् तब त्यो राक्षसले पनि आफ्नो हात टाउको माथि राखे, तत्कालै त्यो राक्षस त्यहीँ भष्म भए । त्यसैले त्यो राक्षसको नाम भष्मासुर हुन पुग्यो । उता भष्मासुरले लखेट्दै लगेका महादेव हलेसीको त्यो गुफाभित्र लुकिरहेका थिए । विष्णु भगवान् गुफाभित्र गएर महादेवलाई यथार्थ कुरा बताइसकेपछि महादेवले त्यस स्थानमा शिवलिंग प्रकट गरेका हुन् भनिन्छ । करिब ६ हजार वर्षअघि त्यहाँ शिवलिंगको उत्पति भएको विश्वास गरिन्छ । हलेसी महादेवको दायातर्फ दूधकोशी नदी र पश्चिमतर्फ सुनकोशी नदी बगिरहेका छन् । समुद्री सतहबाट ४ हजार ७ सय ३४ फिटमाथि रहेको यो हलेसी महादेव स्थानको चारैतिर प्राकृतिक मनोरम दृश्यहरूले सबैको मन लोभ्याउँछ । यो स्थान धार्मिक पर्यटन क्षेत्रका साथै प्रकृतिपे्रमीहरूका लागि पनि प्राकृतिक पर्यटन स्थल बनेको छ ।

गुफाभित्र विभिन्न देवताका मूर्ति रहेका छन् । दुई फिट अग्लो हलेसी महादेवको शिवलिंगका साथै पशुपतिनाथ, पार्वती, गणेश, कुमार, लक्ष्मी, सरस्वती, दुर्गा भवानीलगायत अन्य देवता पनि छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
सरकारसँगको अपेक्षा

सरकारसँगको अपेक्षा

नानतेन टेम्पल र मेरा बुद्ध

नानतेन टेम्पल र मेरा बुद्ध