नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स क्यापिटल र हिमालयन इनर्जीबीच आईपीओ निष्कासन सम्झौता

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा हिमालयन इनर्जी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जी लिमिटेडको आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धकको काम गर्नेछ । हिमालयन इनर्जी लिमिटेडले दोलखा जिल्ला कालिन्चोक थामी गाउँमा तीन मेगावाटको ‘कालिञ्चोक जलविद्युत आयोजना’ निर्माण गरेको छ ।

२०८१ असोज ११ गते सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्‍याउने र २० प्रतिशत साधारण शेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त निष्कासन प्रक्रियालाई व्यवस्थापन तथा अघि बढाउने जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई प्रदान गरिएको कम्पनीले जनाएको छ । हिमालयन इनर्जी लिमिटेडले कालिन्चोक आयोजना बाहेकका सम्भावित ऊर्जा आयोजना तथा पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दीर्घकालीन रणनीति लिएको छ । कम्पनीले ऊर्जा उत्पादन र लगानी क्षेत्रको दिगो विस्तारमा सक्रिय र रणनीतिक भूमिका खेल्दै राष्ट्रिय ऊर्जा विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । यस कम्पनीले परियोजनालाई समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्