नेभिगेशन
अर्थतन्त्र

आईजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच सम्झौता

काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जावलाखेल, ललितपुरमा रहेको अल्का अस्पताल प्रालिबिच सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अस्पतालका वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरूको बीमालेखको सीमासम्म अल्का अस्पतालबाट नगदरहित हस्पिटलाईजेसन सुविधा प्राप्त गर्न सकिने छ ।

इन्स्योरेन्स नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अल्का अस्पतालले आफ्ना ग्राहकहरूलाई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाईजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको छ ।

अस्पतालसँग आबद्ध सदस्यहरूलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकार का निर्जीवन बीमा सेवा इन्स्योरेन्सबाट प्राप्त गरेकाले ढुक्क भएर सेवा लिन आह्वान गरेका छन् । सोही अवसरमा वित्त अधिकृत भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकहरूको संख्यामा वृद्धि हुँदै गएको, कम्पनीले इन्स्योरेन्सबाट लिने बीमा सेवाहरू छिटो छरितो प्राप्त हुने र क्रमशः सेवाका लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्