नेभिगेशन
अर्थतन्त्र

मेटलाइफ फर्च्युन वर्ल्ड को उत्कृष्ट २५मा समावेश

काठमाडौं । बीमा तथा वित्तीय सेवा क्षेत्रमा अग्रणी मेटलाइफ इन्कले फर्च्युन वर्ल्डको २०२५ का २५ उत्कृष्ट कार्यस्थलको सूचीमा प्रतिष्ठित स्थान हासिल गरेको छ । यस वर्षको सूचीमा मेटलाइफ १० औं स्थानमा परेको छ ।

विश्वभरका हजारौं कम्पनीमध्ये केवल २५ ले प्राप्त गर्ने यो सम्मानले कर्मचारीकैन्द्रित वातावरण, ग्राहकप्रति समर्पण र समुदायप्रतिको प्रतिबद्धतालाई उच्च मूल्यांकन दिएको मेटलाइफले दाबी गरेको छ ।

मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले यस उपलब्धिलाई कर्मचारीहरूको जोश, समर्पण र कम्पनीको दीर्घकालीन उद्देश्यप्रतिको प्रतिबद्धताको परिणाम भएको बताए । ‘हामीले अघि बढाइरहेको नयाँ रणनीतिले विश्वभर एकीकृत, सबल र कर्मचारीमैत्री कार्यसंस्कृति निर्माण गर्ने हाम्रो प्रयासलाई अझ सुदृढ पार्दैछ,’ उनले भने ।

ग्रेट प्लेस टु वर्कद्वारा संकलित ९ मिलियन भन्दा बढी सर्वेक्षण प्रतिक्रियाहरू र २ करोड ५० लाख कर्मचारीहरूको अनुभवका आधारमा तयार हुने यस सूचिमा कम्पनीहरूलाई उनीहरूले सिर्जना गरेको कार्यस्थल, नेतृत्व, समानता, विश्वास, सम्मान र समुदायप्रतिको प्रभावका आधारमा मूल्यांकन गरिन्छ ।

यसअघि मेटलाइफ लगातार तेस्रो वर्ष अमेरिकाको फर्च्युन १०० उत्कृष्ट कम्पनीमा परेकै थियो । त्यस्तै एसिया, युरोप, ल्याटिन अमेरिका र मध्यपूर्वमा पनि उत्कृष्ट कार्यस्थलका रूपमा क्षेत्रीय मान्यता प्राप्त गरेको छ । २०२५ मा कम्पनी ३३ देश र बजारमा ‘ग्रेट प्लेस टु वर्क’ का रूपमा प्रमाणित भएको थियो, जसमा ब्राजिल, चिली, चीन, भारत, इटाली, मेक्सिको, पोल्याण्ड, दक्षिण कोरिया, स्पेन, यूएई लगायतका देश समावेश छन् ।

मेटलाइफका मानव संसाधन प्रमुख शुराउल सिब्लिसले भने, ‘हाम्रो उपलब्धिको केन्द्रबिन्दु हाम्रै मान्छे हुन् । उनीहरूको प्रतिबद्धताले नै कम्पनी भित्र र बाहिर अर्थपूर्ण परिवर्तन सम्भव भएको छ ।’

फर्च्युनका अनुसार यो सूचीमा प्रवेश पाउन कम्पनीसँग कम्तीमा पाँच हजार विश्वव्यापी कर्मचारी हुनुपर्छ र विभिन्न महादेशका कम्तीमा पाँच उत्कृष्ट कार्यस्थल सूचीमा मान्यता पाएको हुनुपर्छ ।

मेटलाइफले आफ्नो नवीन कार्यसंस्कृति र कर्मचारीअनुकूल वातावरणबारे थप जानकारी पछिल्लो सस्टेनेबिलिटी रिपोर्ट तथा लिंक्डइनमार्फत उपलब्ध गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र