नेभिगेशन
नेपाल

उद्धारपछि ३७ नेपाली स्वदेश फिर्ता

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा बन्धक बनेका ३७ नेपालीलाई उद्धारपछि बुधबार थाइल्याण्डबाट स्वदेश फर्किएका छन् ।

आकर्षक रोजगारीका लागि विभिन्न माध्यमबाट म्यानमारमा पुगेका उनीहरू बन्धक बनाइएका थिए । अवैधरूपमा सञ्चालित ‘अनलाइन स्क्यामिङ’ केन्द्रमा विभिन्न ‘अनलाइन डेटिङ’, ‘अनलाइन क्यासिनो’, ‘गेमिङ’ तथा ‘फिसिङ’, ‘क्रिप्टो’ ठगीलगायतका काममा जबर्जस्ती लगाइएका उनीहरू उद्धारपछि थाइल्याण्ड आइपुगेका थिए । स्क्यामिङ केन्द्रमा म्यानमारको सेनाले छापा मार्दा पटक पटक गरि २० देशका एक हजार जनाभन्दा बढीको उद्धार गरिएको थियो । त्यसमा नेपाली पनि थिए ।

नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायको समन्वय र सहयोगमा उद्धार गरी नेपाल एयरलाइन्सको उडानबाट नेपाल फर्काएको हो । म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका दुई जना तथा कम्बोडियामा रहेका चार जना नेपालीलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया तथा थाइल्याण्डका सम्बन्धित निकायस“ग समन्वय भइरहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्