नेभिगेशन
प्रवास

गण्डकी प्रदेशमा प्रेस चौतारीको प्रशिक्षण वर्ष शुरू

गण्डकी प्रदेशमा प्रेस चौतारीको प्रशिक्षण वर्ष शुरू

 

4Shares

facebook sharing button

twitter sharing button

messenger sharing button

whatsapp sharing button

sharethis sharing button

काठमाडौं । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार देखि पोखरामा प्रशिक्षण कार्यक्रम शुरू भएको छ। 

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारी प्रमुख अतिथि थिए भने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे विशेष अतिथि र महासचिव हिरामान लामा प्रमुख प्रशिक्षकका रूपमा सहभागी थिए । 
 
प्रशिक्षणमा समकालीन पत्रकारिता र सूचना प्रविधिको बदलिँदो आयाममाथि गहन छलफल भएको थियो । प्रमुख प्रशिक्षक लामाले सूचना प्रविधिमा दलाल पूँजीवादको नियन्त्रण र प्रभावबारे चर्चा गर्दै यसलाई श्रमजीवी जनताको पक्षमा उपयोग गर्नुपर्नेमा जोड दिए । 

उनले भने, “हामीले प्रवाह गर्ने सूचना विचारजन्य हुनुपर्छ । अहिले मिडियामा व्यापार र प्रोपोगान्डा हावी छ, तथ्य र निष्पक्षता कमजोर बन्दैछ ।”  

chautari-1749967296.jpg
कार्यक्रममा सामाजिक सञ्जालका कारण सूचनामाथिको परम्परागत मिडियाको एकाधिकार तोडिएको र यसले पत्रकारिताको आयाम बदलेको विषयमा पनि छलफल भयो ।

प्रमुख अतिथि खगराज अधिकारीले पत्रकारितालाई जनपक्षीय बनाउन र बदलिँदो प्रविधिसँगै सकारात्मक सूचना प्रवाहमा जोड दिनुपर्ने बताए । उनले प्रेस चौतारीलाई पत्रकारहरूको हकहित र व्यावसायिक विकासमा अग्रणी भूमिका खेल्न आग्रह गरे ।  

अध्यक्ष गणेश पाण्डेले संगठनको गण्डकी प्रदेश समितिले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता प्रशिक्षणलाई निरन्तरता दिनु पर्ने बताए । उनले भने, “हामीले समयको मागअनुसार पत्रकारितालाई सशक्त र जनमुखी बनाउनुपर्छ।”  

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी पत्रकारहरूले समकालीन मिडियाका चुनौती, सामाजिक सञ्जालको प्रभाव र पत्रकारिताको नैतिकताबारे विचार आदानप्रदान गरे । 

प्रशिक्षणले पत्रकारहरूलाई नयाँ प्रविधि र बदलिँदो सामाजिक–राजनीतिक परिवेशमा सूचना प्रवाहको जिम्मेवारीप्रति सचेत गराएको सहभागीहरूको भनाइ थियो ।  

कार्यक्रममा प्रेस चौतारी गण्डकीका अध्यक्ष ईन्द्र पौडेलले आगामी दिनमा यस्ता प्रशिक्षण र अन्तरक्रियालाई थप प्रभावकारी बनाउँदै पत्रकारहरूको व्यावसायिक विकास र मिडियाको जनपक्षीय भूमिकालाई सुदृढ गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्