नेभिगेशन
अर्थतन्त्र

रियलमी १५ प्रो ५जी बजारमा

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ ‘रियलमी १५ प्रो ५जी’ नेपालमा बिक्री वितरण सुरु गरेको छ । ‘अल्टिमेट एआई पार्टी फोन’को उपनामसहित आफ्नो नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरिएको रियलमीले जनाएको छ ।

उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर र प्रिमियम प्रयोगकर्ताको साथ यो मोडललाई प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

विशेषगरी युवा वर्गलाई लक्षित गर्दै डिजाइन, प्रदर्शन र एआई फिचरमा जोड दिइएको यो फोनमा सिर्जनशीलता, प्रदर्शन र शैलीलाई प्राथमिकता दिएको छ । यो स्मार्टफोन १२जीबी र्‍याम र २५६जीबी मेमोरी र १२जीबी र्‍याम र ५१२जीबी मोमोरी रहेको भेरियन्टमा पाउन सकिन्छ । यो मोडल फ्लोइङ सिल्भर र भेल्भेट ग्रीन नामका आकर्षक रंगमा उपलब्ध छ ।

यो फोनमा स्न्यापड्रागन ७ जेन प्रोसेसर, १४४ हर्जको अल्ट्र–स्मुथ डिस्प्ले र ६५०० निट्सको उच्च ब्राइटनेस रहेको छ । यस्तै, फोटोग्राफीका लागि सोनी आईएमएक्स ८९० ओआईएस सहितको ५० मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा र ५० मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको यो फोनले ४के ६० एफपीएसमा भिडियो रेकर्डिङ गर्न सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र