काठमाडौं । ओप्पो ए६ प्रो नेपाली बजार मा सार्वजनिक भएको छ । लामो समय टिक्ने ७०००एमएएच् ब्याट्री, ८०डब्ल्यू सुपर्वुक फास्ट चार्जिङ, र दैनिक प्रयोगलाई ध्यानमा राखेर फोन निर्माण गरिएको कम्पनीले जनाएकोछ ।
यो फोन ८जीबी र्याम र २५६जीबी मेमोरी भेरियन्टमा उपलब्ध छ । फोन स्टेलर ब्लू र रोजवुड रेड नामक दुई आकर्षक रंगमा आएको यो फोन आधुनिक शैली र प्रिमियम डिजाइन खोज्ने प्रयोगकर्ताका लागि सहज छनोट हुनेछ ।
फोनको मुख्य आकर्षण यसको ७०००एमएएच् ब्याट्री रहेको र यसले भिडियो स्ट्रिमिङ, सामाजिक सञ्जाल, गेमिङ वा व्यस्त दैनिक कामकाजमा उपयोगी हुने कम्पनीको दाबी छ । साथै, ८०डब्ल्यू सुपर्वुक फास्ट चार्जिङले एक घन्टामै पूरा चार्ज हुने बताइएकोछ ।
यो फोनमा झट्का–प्रतिरोधी डिजाइन, सुधारिएको आन्तरिक सुरक्षा संरचना, र कडा परिस्थितिमा पनि टिक्न सक्ने सामग्री प्रयोगले यसलाई विभिन्न वातावरणमा सहजतापूर्वक प्रयोग गर्न मिल्ने बनाउँछ । मजबुत बनावट भए पनि, फोनले स्क्रिन डिस्प्ले अनुभवमा कुनै सम्झौता नगरेको कम्पनीको दाबी छ ।
फोनको १२०हर्ज एमोल्ड डिस्प्ले, १४०० निट्स पिक ब्राइटनेस र पतला बेझेलहरूले भिडियो, गेमिङ वा सामान्य ब्राउजिङ—सबैमा उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।
ओप्पो ए६ प्रो ले लामो समय टिक्ने ब्याट्री, मजबुत संर चना, आधुनिक डिजाइन तथा सहज प्रदर्शनको संयोजनमार्फत नेपाली प्रयोगकर्तालाई भरपर्दो र आत्मविश्वासपूर्ण स्मार्टफो न अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।