नेभिगेशन
प्रदेश

सम्पदाको बेवास्ता

पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल । यो सम्पदाको अहिले बिजोग छ । रंग उडेको छ, भित्तामा लेउ लागेका छन् । सरसफाइ छैन । यहाँ पुग्नेसँग तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउँछ भने पार्किङ शुल्क बगनासकाली गाउँपालिकाले लिँदै आएको छ । तानसेन नगरपालिकाले चालु आर्थिक वर्षको चार महिनामा यहाँबाट १३ लाख ७० हजार ३ सय रुपैयाँ राजस्व संकलन गरेको छ । यहाँ पुग्दा घुम्न जाने पर्यटक रानीमहल भित्रै बसेको, प्रहरीले कपडा सुकाएर अशोभनीय कार्य गरेको, फोहोर सफा नगरेको गुनासो नजिकका बासिन्दा गुनासो गर्छन् । जिर्णाेद्धारपछि रानीमहल २०७५ साउनमा पुरातत्व विभागले १० वर्षका लागि तानसेन नगरपालिकाको जिम्मा लगाएको छ । दैनिक कम्तीमा ३ सय पर्यटक पुग्छन् । तर, यहाँ व्यवस्थापनमा बेवास्ता छ । विसं. १९५४ मा बनेको यो ऐतिहासिक महत्वको महललाई प्रेमका प्रतीकका रुपमा चिनिन्छ । तत्कालिन जनरल खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमा युनानी शैलीमा दरबार निर्माण गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला