नेभिगेशन
प्रदेश

प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने भएको छ । सर्वोच्च अदालतले बिहीबार यस्तो आदेश दिएको हो । प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि छोरा निराजनले बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंसहित विपक्षीहरूलाई उपस्थित हुन आदेश दिएको हो । ‘कारण देखाउ आदेश र २४ घण्टाभित्र बन्दीसहित उपस्थित हुन भनिएको छ,’ सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले भने । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसर काठमाडौंलगायतलाई विपक्षी बनाएर रिट दायर भएको थियो । प्रहरीले सोमबार मध्यरात भक्तपुरस्थित निवासबाट दुर्गालाई पक्राउ गरेको थियो । उनको सुरक्षामा खटिने दीपक खड् कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला