नेभिगेशन
प्रदेश

निर्वाचनमा सेना परिचालन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बैठकले सेना परिचालनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिको सम्बन्धमा समेत छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एक नारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल र रक्षासचिव अर्यालको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला