नेभिगेशन
प्रदेश

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले विहीबार सूचना जारी गर्दै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम यही मंसिर ३ गते राति ११ः५९ बजेदेखि वर्षे अधिवेशन अन्त्य गरेको जानकारी दिए । बर्खे अधिवेशन अन्त्य भएसँगै प्रदेश सरकारले अब छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन आह्वान गर्ने तयारी भइरहेको सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । प्रदेशसभा सचिवालयका सचिव पौडेलले सूचना जारी गर्दै सभामुख पाठकले गत असोज १ गते उपसभामुख अप्सरा चापागाईलाई सम्बोधन गरी राजीनामा बुझाएको जानकारी दिएका हुन् ।

प्रदेशसभा नियमावली २०७४ को नियम १८४ को उपनियम २ बमोजिम प्रदेशसभा सदस्यहरूको जानकारीका लागि सूचना प्रकाशन गरिएको सचिव पौडेलद्वारा जारी सूचनामा उल्लेख छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नुभएका सभामुख पाठकले असोज १ गते उपसभामुख चापागाईंलाई लिखित राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला