नेभिगेशन
प्रदेश

प्रधानमन्त्रीलाई विप्लवले भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेता नेत्र विक्रम चन्द (विप्लव) लगायतका नेताहरूबीच विहीबार भेटवार्ता भएको छ ।

उक्त पार्टीका महासचिव ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विहीबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेटगरी समसामयिक राजनीतिक विषयमा आफ्ना विचार राखेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,’ महासचिव विप्लवले भने, ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ । जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला