नेभिगेशन
अर्थतन्त्र

एनआईसी एसिया बैंकको शेयर लोन योजना

२५ करोडसम्म व्यक्तिगत कर्जा पाइने

काठमाडौं । एनआईसी एसिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एसिया शेयर लोन’ योजना सार्वजनिक गरेको छ ।

ग्राहक केन्द्रित आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा यो योजना ल्याइएको जनाइएको छ ।

योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताका लागि अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताका लागि अधिकतम ५० करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले बताए । प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको सुविधा ग्राहकले पाउने उनले उल्लेख गरे । शेयर कर्जाको यो योजनामार्फत ग्राहकलाई सहजरूपमा कर्जा प्रदान गर्ने रणनीतिका साथै सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी समाधान तथा निराकरण गर्ने उद्देश्यले एकद्वार प्रणालीको व्यवस्था अनुरूप ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरिएको बैंकले जनाएको छ ।

बैंकले ग्राहकको आवश्यकता, बजार तथा समयको मागलाई सम्बोधन गर्दै ग्राहक अर्थतन्त्रको एक मुख्य पिलरका रूपमा रहेको शेयर बजारलाई सम्बोधन गर्नेगरी प्रतिस्पर्धी ब्याजदरमा शेयर कर्जा योजना सार्वजनिक गरेको उल्लेख गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र