नेभिगेशन
अर्थतन्त्र

प्रोटोन इमासको एक्सचेञ्ज अफर

काठमाडौ । संवाददाता जगदम्बा मोटर्सले अग्रणी इलेक्ट्रिक ब्रान्ड प्रोटोन इमास गाडीको विशेष एक्सचेञ्ज अफर ल्याएको छ । एक्सचेञ्ज अफर शुक्रबारदेखि तीन दिन काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा सञ्चालन हुनेछ । ग्राहकले त्यहाँ पुगेर गाडी हेर्न, पुरानोसँग साट्न तथा नयाँ खरिद गर्ने सेवा पाउने जनाइएको छ ।

अफरअन्तर्गत आफूले चलाइरहेका गाडी ग्राहकले प्रोटोनसँग साट्न पाउनेछन् । एक्सचेञ्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन इमासका प्रमुख विशेषताहरू, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी दिइने जनाइएको छ । कम्पनीका अनुसार एक्सचेञ्ज अफर ४६ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ ।

ग्राहकले सहुलियत किस्ताबन्दी सुविधानमा गाडी खरिद गर्ने व्यवस्था मिलाइएको छ । प्रोटोन इमास–सेभेनले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ । यसमा १८० एमएम ग्राउण्ड क्लियरेन्स तथा एनईडीसी रेन्ज ४९२ र ५८५ छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० एमएम रहेको कम्पनीले उल्लेख गरेको छ । विशेष अफरमार्फत ग्राहकहरूले आफ्नो सवारी प्रयोगको अनुभवलाई अत्याधुनिक ईभीमा अपग्रेड गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र