नेभिगेशन
अर्थतन्त्र

फिस्टेल ड्रिम पार्कको आईपीओ जारी हुने

काठमाडौं । आयु इन्टरटेन्मेन्ट लिमिटेडले आईपीओ ल्याउने भएको छ । कम्पनीअन्तर्गत पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको साधारण शेयर जारी हुने भएको हो ।

शेयर जारी गर्न कम्पनीले नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यसका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडको कमलपोखरीस्थित कार्यालयमा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आयुका अध्यक्ष कदम केसी र नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे ।

कम्पनीले सर्वसाधारणलाई जारी पुँजीको २० प्रतिशत हुन आउने ३० लाख कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँमा निष्कासन गर्ने तयारी गरेको छ । सारथी ग्रुपसहितको लगानी रहेको उक्त पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरूको लगानी छ । करिब ५७ रोपनी जग्गामा फैलिएको उक्त पार्क सबै उमेर समूहका लागि मनोरञ्जन लिने रमणीय पार्क हो । फिस्टेल ड्रिम पार्कमा वाटर पार्क, वेब पुल तथा साहसिक खेलहरूको आनन्द लिन सकिन्छ । यो पार्कलाई कम्पनीले नेपालको हालसम्मकै सबैभन्दा ठूलो दाबी गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र