नेभिगेशन
राशिफल

२०८२ साल भदौ १ गते आइतबारको राशिफल

मेष  : आत्मविश्वास बढ्नेछ । कार्य क्षेत्रमा नयाँ अवसर आउन सक्छन् । साझेदारीको काममा ध्यान दिनु उचित हुनेछ । स्वास्थ्यमा सामान्य उतारचढाव हुन सक्छ ।

वृष : परिवारसँग समय बिताउँदा खुसी मिल्नेछ । आर्थिक पक्ष मजबुत हुने देखिन्छ । नयाँ योजनामा लगानी गर्दा लाभ पाइने सम्भावना छ । स्वास्थ्यप्रति सचेत रहनुहोस् ।

मिथुन  : मित्र वा साथीहरूसँग भेटघाट सुखद रहनेछ । अध्ययन वा यात्रामा लाभ मिल्ने दिन छ । पारिवारिक सहयोग पाइनेछ । अनावश्यक खर्च भने बढ्न सक्छ ।

कर्कट : आलस्यले दैनिकीमा असर पार्न सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । मिहिनेत अनुसार परिणाम आउनेछ । पारिवारिक वातावरण सुखद रहने योग छ ।

सिंह : आत्मबल उच्च रहनेछ । नयाँ काम थाल्न समय अनुकूल देखिन्छ । धार्मिक वा सामाजिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्य सामान्य रहला ।

कन्या : अनावश्यक विवादमा पर्न सक्ने सम्भावना छ । निर्णय गर्दा धैर्य राख्नु हितकर होला । आर्थिक क्षेत्रमा उतारचढाव आउन सक्छ । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ ।

तुला : सहयोगीमार्फत लाभका सम्भावना छ । दाम्पत्य सम्बन्ध मधुरता आउनेछ । व्यापार–व्यवसायमा प्रगति हुनेछ । अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

वृश्चिक : कामको चाप बढ्न सक्छ तर मेहनतले नतिजा राम्रो आउनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी बढ्ने योग छ ।

धनु : विद्यार्थी र पेसागत क्षेत्रमा राम्रो उपलब्धि मिल्ने दिन छ । रमाइलो यात्राको सम्भावना देखिन्छ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । आत्मबल उच्च रहनेछ ।

मकर : पारिवारिक कामका लागि खर्च हुन सक्छ । घरायसी विषयमा समय दिनुपर्नेछ । पुराना योजना पूरा हुने सम्भावना छ । स्वास्थ्य मध्यम देखिन्छ ।

कुम्भ : साझेदारी व्यवसायमा लाभ हुनेछ । साथीसँगको सहयोगले काममा सफलता पाइनेछ । प्रेम सम्बन्ध प्रगाढ होला । दिन उत्साहपूर्ण हुनेछ । 

मीन : काममा मिहिनेत बढी गर्नु पर्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आर्थिक क्षेत्रमा सुधार हुनेछ । धर्मकर्ममा मन जानेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्