नेभिगेशन
अर्थतन्त्र

सामसङ ग्यालेक्सी ट्याब ए११ सार्वजनिक

काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी ट्याब ए११ नेपाली बजारमा सार्वजनिक गरेको छ । विद्यार्थी, पेशागत काम गर्नेहरूदेखि लिएर परिवारसम्म सबैका लागि उपयोगी हुने गरी तयार गरिएको यो ट्याबलेटले प्रदर्शन, स्टाइल र पोर्टेबिलिटीको सन्तुलित अनुभव प्रदान गर्ने सामसङले जनाएको छ ।

ग्यालेक्सी ट्याब ए११ मा रहेको ८.७–इन्चको डिस्प्लेले चलचित्र, खेलकुद, अनलाइन कक्षा तथा सामान्य प्रयोगका लागि जीवन्त र आकर्षक दृश्यानुभूति दिन्छ । हेलिओ जी९९ प्रोसेसर द्वारा सञ्चालित यस ट्याबलेटले मल्टिटास्किङ, एप स्विचिङ र स्ट्रिमिङलाई सहज र द्रुत बनाएको छ ।

हल्का र स्लिम डिजाइनका कारण ट्याब ए११ सजिलै बोक्न सकिन्छ । यसको ५१००एएच ब्याट्रीले दिनभरको निर्बाध प्रयोग सुनिश्चित गर्छ । ग्यालेक्सी ईकोसिस्टमसँगको सहज समन्वयका कारण स्मार्टफोनसँग फाइल सेयरिङ, नोटिफिकेशन व्यवस्थापन तथा अन्य कार्यहरू झन् सरल र छिटो बनिन्छ ।

यस ट्याबलेटको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको सामसङको दीर्घकालीन सफ्टवेयर समर्थन हो । जसले ७ वर्षको ओएस अपग्रेड र ७ वर्षको सुरक्षा अपडेट प्राप्त गर्ने भएकाले प्रयोगकर्ताले वर्षौंदेखि भरपर्दो प्रदर्शन र सुरक्षित अनुभव पाउँनेछन् ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ट् याब ए११ मार्फत नेपालका अझ धेरै उपभोक्तासम्म सामसङको भरपर्दो प्रदर्शन र नवीनता पुर्‍याउने बताए । विद्यार्थी, युवा पेशाकर्मी वा परिवार—जो कोहीका लागि सहज र विशेषतायुक्त उपकरण उपलब्ध गराउनु मुख्य लक्ष्य भएको बताउँदै स्थापितले यो ट्याबलेट हरेक जीवनशैलीमा फिट हुने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र