नेभिगेशन
राजनीति

२०८२ मंसिर ७ गते आइतबारको  राशिफल

मेष 
अनावश्यक खर्च बढ्न सक्छ, बजेट मिलाएर चल्नु राम्रो । उधारो लेनदेन गर्दा विवाद बढ्न सक्छ । नया“ काम थाल्न हतारिने बेला छैन ।

वृष 
आय स्थिर रहनेछ । पेसागत क्षेत्रबाट थोरै भए पनि लाभ नियमित रहनेछ ।
पारिवारिक काममा खर्च बढ्न सक्छ । साझेदारी लगानी फाइदाजनक छ ।

मिथुन 
रोकिएका पैसा पाइनेछ । यात्रामा खर्चको सम्भावना, तर फाइदाका लागि उपयोगी हुनेछ । व्यापार विस्तारका लागि समय अनुकूल छ ।

कर्कट 
रचनात्मक कामबाट आम्दानी हुने योग छ । साथीभाइस“ग भेटघाट हुनेछ ।  रमाइलोमा खर्च हुन सक्छ । दीर्घकालीन लगानीमा फाइदा देखिन्छ ।

सिंह 
मान–प्रतिष्ठा बढ्नेछ । आर्थिक लाभ हुनेछ । आवश्यक खर्च गरिनेछ । बिगतको लगानीले प्रतिफल दिनेछ । रोकिएको काम अघि बढ्नेछ ।

कन्या 
व्यापार, शिक्षा वा सूचनाप्रविधिको क्षेत्रबाट लाभको योग छ । घरका लागि खर्च गरिनेछ । पेसागत क्षेत्रमा नया“ अवसर आउनेछ । 

तुला
आर्थिक अवसर प्राप्त हुनेछ । विलासी सामानमा खर्च हुन सक्छ । ठूलो लगानीका लागि हतारिने बेला छैन । संवादमा संयम राख्दा हित हुनेछ ।

वृश्चिक 
कार्य क्षेत्रमा प्रगतिको योग छ । अतिरिक्त आयको सम्भावना छ । योजना बिना गरिएको खर्चले वित्तीय असन्तुलन ल्याउन सक्छ । 

धनु 
नया“ आर्थिक स्रोत भेटिए पनि तत्काल ठूलो लाभ हुने देखि“दैन । कानुनी मामिलामा खर्च हसन सक्छ । लगानीमा सावधानी जरुरी देखिन्छ । 

मकर 
आर्थिक फाइदाका दृष्टिले दिन फलदायी रहला । कार्य क्षेत्रमा लाभ हुनेछ । बिगतको लगानीले फाइदा दिनेछ । नया“ काम थाल्न समय उत्तम छ । 

कुम्भ 
पैतृक स्रोतबाट लाभको सम्भावना छ । औषधोपचारमा खर्च हुन सक्छ । पुराना कामको प्रतिफल पाइनेछ । नया“ लगानी हतार नगर्दा हित होला ।  

मीन 
बिगतमा रोकिएका रकम फिर्ता पाइनेछ । आम्दानीका स्रोतमा सुधार आउनेछ । यात्राको योग छ । धार्मिक–सामाजिक  कामका लागि खर्च हुन सक्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्