नेभिगेशन
राजनीति

युवा नै नयाँ नेपालको नेतृत्व हुन्-प्रचण्ड

काठमाडौं (संवाददाता)– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताएका छन् । 

पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘जेनजीसँग नेकपा’ कार्यक्रममा उनले युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नया“ नेपालको नेता बनाउनेबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको बताए ।

‘मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु । अब युवालाई उत्तराधिकारी बनाउने र जिम्मेवारी सुम्पने सपना देख्नुपर्छ । युवालाई नयाँ नेपालको नेतृत्वका रूपमा तयार पार्नुपर्छ । त्यस विषयमा पार्टीले भूमिका खेल्नेछ,’ उनले भने ।

हालै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसहितका नौवटा घटकलाई एकीकृत गरेको माओवादीले नयाँ दल नेपाली कम्युनिष्ट पार्टी दर्ता गराएको छ । पार्टीको नेतृत्वमा भने युवालाई मौका नदिएर दाहाल संयोजक र नेपाल सहसंयोजक बसेका छन् । छलफल कार्यक्रममा भने उनले आफू युवालाई नेतृत्वमा अघि बढाउन सकारात्मक रहेको दाबी गर्न छाडेनन् ।

उनले पार्टी कमिटी र निर्वाचनमा धेरैभन्दा धेरै युवालाई प्राथमिकता दिइने बताए । ‘नयाँ पुस्ताका युवालाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने वातावरण बनाउन हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको दायित्व हो । अब हामी छिट्टै त्यो निर्णय पनि गर्दैछौं,’ दाहालले भने । 
मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न जेनजीले लिएको पहलले संसारभरका नेपालीमा नयाँ चेतना पैदा भएको उनले बताए । जेनजी आन्दोलनले सबैलाई आत्मालोचना गर्ने ठाउ“मा पु¥याएको पनि उनले उल्लेख गरे । 
 
आफ्नो पार्टीले लामो समयदेखि हामीले उठाउँदै आएका सुधारका विषय र जेनजीले राखेका माग समान रहेको भन्दै संयोजक दाहालले विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने र युवाको भावनाअनुसार आफूलाई बदल्ने संकल्प जेनजी आन्दोलनबाट प्राप्त भएको जिकिर उनले गरे । 

कार्यक्रममा नेकपाका नेता जगन्नाथ खतिवडाले जेनजी पुस्ताको आवाज आफ्नो पार्टीले मात्रै सुन्ने र त्यसैअनुसार भूमिका निर्वाह गर्ने दाबी गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्