नेभिगेशन
प्रदेश

‘जाँतो’ तीन दलको साझा

काठमाडौं । जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकल चुनाव चिह्नमा निर्वाचनमा जाने सहमति भएको छ ।

आइतबार ३ पार्टीबीच रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिह्न जाँतोमा निर्वाचन लड्ने सहमति भएको हो ।

‘२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिन्हमा भाग लिन सहमत भयौं ।

एकल चुनाव चिह्नका रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिन्ह प्रयोग गर्न सहमत भयौं,’ सहमतिपछि संयुक्तरूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

विचार मिल्ने अन्य पार्टीहरूलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गर्ने उनीहरूको निर्णय छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्