नेभिगेशन
प्रदेश

सन्त नेताको स्मरण

काठमाडौं । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रको दोस्रो वार्षिक साधारण सभा स्मार्ट महल, धुम्वाराही, काठ्माडौंमा सम्पन्न भयो । साधारण सभाको केन्द्रका अध्यक्ष लोकेश ढकालले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरे ।

साधारण सभामा केन्द्रका आजीवन सदस्य एवं संवैधानिक कानूनका ज्ञाता प्राडा विपिन अधिकारीले सभामा बोल्दै किसुनजीको जीवन नै दर्शन भएको बताए । उनले भने, ’उहाँले सम्पतिमा कहिल्यै अनुराग राख्नुभएन । किसुनजीको राजनीति मूल्य मान्यता र आदर्शमा अडेको थियो । पार्टीले हुलमुलमा गरेको निर्णयको पछाडि लाग्नु भएन । किसुनजीले बरू आफैंले स्थापना गरेको पार्टी परित्याग गर्नुभयो तर राजनीतिक विचार र आदर्शमा कहिल्यै सम्झौता गर्नुभएन ।’

डा. अधिकारीले संविधानको सफलता र असफलता त्यसको उचित प्रयोगबाट हुने बताउँदै किसुनजीको नेतृत्वमा वनेको ०४७ सालको संविधान उत्कृष्ट भएको जनाए । उनले भने, ‘त्यसमा कमी भेटिएन तर त्यसलाई हाम्रो नालायकीपनले असफल बनायौं । ०७२ को संविधानमा त यसै पनि धेरै त्रुटि छन् । एउटा राजनीतिक शक्तिलाई पाखा लगाएर संविधान बनायौं, त्यस कारण यो सहमतिको दस्तावेज बन्न सकेन ।’

किसुनजी केन्द्रलाई किसुनजीको बारेमा अध्ययन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रका संस्थापक सदस्य एवम् डीएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले कार्यक्रममा आफ्नो धारणा राख्दै तोकिएको समयमा संसद्को निर्वाचन गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेर देशको राजनीतिलाई ट्रयाकमा ल्याएर देशको संविधानलाई बचाउनु पर्नेमा जोड दिए । कांग्रेसलाई अहिले विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर बहस गरेर बस्ने छुट नभएको बताउँदै उनले देशको राजनीतिक संकटलाई निकास दिन कांग्रेसको अहिलेको खाँचो हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्