नेभिगेशन
अर्थतन्त्र

निकुञ्जभित्रका जलविद्युत् आयोजना रोक्न परेको रिट खारेज

काठमााडौं – सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण गर्न रोक लगाउनु पर्ने भन्दै दायर गरेको रिट खारेज गरेको छ । न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मल्टि इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रवद्र्धित लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र २०७३ सालदेखि निर्माण थालिएको ३० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना निर्माण रोक्न माग गर्दै परेको रिट खारेज गरेको हो । सुम्पा तामाङले २०७९ बैशाख २७ गते आयोजनाको प्रवद्र्धक कम्पनी, नेपाल विद्युत् प्राधिकरण लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सर्वोच्चले मंसिर ३ गते तामाङको रिट उपर अन्तिम सुनुवाई गर्दै रिट खारेज गरेको प्राधिकरणको कानुन विभागले जानकारी दिएको छ ।

सर्वोच्चले रिट खारेज गरेसँगै निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण गरिरहेका प्रवर्धकहरूले पनि राहत महसुस गरेका छन् । सर्वोच्चले तामाङको रिटमा यसअघि २०७९ जेठ २४ गते भएको सुनुवाईमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्