नेभिगेशन
अर्थतन्त्र

माछापुच्छ्रे बैंकमा यूएईबाट रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले संयुक्त अरब इमिरेट्स स्थित जोयालुक्कास एक्सचेञ्जसँग औपचारिक सम्झौता गरेको छ ।

माछापुच्छ्रे बैंकले यूएईमा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएई स्थित जोयालुक्कास एक्सचेञ्जसंग सहकार्य गरी विधिवत् रूपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको हो । सम्झौतापत्रमा एक्सचेञ्जका तर्फबाट महाप्रबन्धक मरिशकुमार कर्ण र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पछि अब यूएईमा रहेका नेपालीहरूले यूएई स्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबीएल रेमिट गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरू, शाखारहित बैकिंङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत नेपालभर सजिलै भुक्तानी लिन सकिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्