नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मीका ग्राहकलाई अरेबिका र क्याफियोफिलियामा छुट

काठमाडौं – महालक्ष्मी विकास बैंकका ग्राहकले अरेबिका कफी र क्याफियोफिलिया कफीमा छुट पाउने भएका छन् ।

बैंकसँग भएको सम्झौतअनुसार डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगगरी भुक्तानी गदौ ग्राहकहरूले अरेबिका कफीका विभिन्न फ्रेन्चाइजहरू दरबारमार्ग, बौद्ध, बानेश्वर, राधे राधे भक्तपुर, यूएन पार्क ललितपुर, मानभवन, कालीमाटी, बुढानीलकण्ठ र भैंसेपाटी ललितपुरले प्रदान गर्ने सेवाहरूमा १५ प्रतिशत सम्म छुट पाउनेछन् ।

जसअन्तर्गत कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले क्याफियोफिलिया भैंसेपाटीले प्रदान गर्ने बेकरी आइटमबाहेकका सेवाहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछ्न । यस किसिमको सहकार्यबाट बैंकका डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

ग्राहकले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ ।

यसअन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिकरूपमा भुक्तान गर्न मिल्नेगरी रूपान्तरण गर्न समेत सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्