नेभिगेशन
अर्थतन्त्र

शेयरबजार ३९.९२ अंकले बढ्याे

काठमाडौं । शेयर बजारमा आइबार कारोबार मापन ने प्से परिसूचक ३९.९२ अंकले बढेर २,६००.२२ बिन्दुमा कायम भएको छ । सूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । कुल ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका २५७ कम्पनीमध्ये २३७ वटाको शेयरमूल्य बढेको छ । यस्तै, १८ कम्पनीको शे यरमूल्य घटेको छ भने दुई वटाको स्थिर रहेको छ । सूचीकृत १३ समूहमध्ये म्युचुअल फण्ड बाहेक सबै समूह बढेका छन् । सर्वाधिक जीवन बीमा समूह २.५५ र लगानी २.०३ प्रतिशत बढेको छ । यस्तै, बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत १.३३, उत्पादन तथा प्रशोधन १.५६, लघुवित्त १.८३, निर्जीवन बीमा १.९९, व्यापार ०.२५ र अन्य १.१८ प्रतिशत बढेका छन् ।

सागर डिष्ट्रिलरी, बन्दीपुर के बलकार एण्ड टुरिजम र झापा इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी गुमाउनेमा पिपुल्स हाइड्रोपावर कम्पनीका शेयरधनी छन् ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चरको सबै भन्दा बढी ६५ करोड ६० लाख ९१ हजार ९२९ रुपैयाँको भएको छ भने शेयर संख्याका आधारमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ८६ हजार ७८ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्