नेभिगेशन
प्रदेश

मधेसका मन्त्रीलाई तोकियो जिम्मेवारी

जनकपुर । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सरकारका मन्त्रीको जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा उनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कात्तिक २३ गते नियुक्त भएका मन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय र ऊर्जा, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यस्तै, लखनदास तत्मालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय तथा विमला अन्सारी तरन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र कञ्चन बिच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्