नेभिगेशन
अर्थतन्त्र

पोखरामा केई र फोर्थिङ ईभी शोरूम

काठमाडौं । केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनको अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा नयाँ ईभी शोरूम सञ्चालनमा ल्याएको छ । सोमबार औपचारिकरूपमा उद्घाटन गरिएको यो शोरूमले पश्चिम क्षेत्रमै यी दुई ब्राण्डको उपस्थिति थप मजबुत बनाउँदै ग्राहकलाई नजिकबाट सेवा दिने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा कम्पनीले विशेष अफर पनि सार्वजनिक गरेको छ । यसअन्तर्गत आकर्षक नगद छुट, बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बीमा तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङका लागि एक रातको आकर्षक स्टे–प्याकेज प्रदान गरिने कम्पनीले जनाएको छ । शोरूमले पोखराका ग्राहकलाई आधुनिक र उत्कृष्ट खरिद अनुभव दिलाउने लक्ष्य राखेको छ ।

दिगो र वातावरणमैत्री यातायात प्रवर्धन गर्ने उद्देश्यसहित, लक्ष्मी ग्रुपले देशभर ६३ भन्दा बढी चार्जिङ तथा रिपेयर स्टेशन सञ्चालनमा ल्याइसकेको छ । यसले ईभी प्रयोगकर्तालाई सहज चार्जिङ सुविधा उपलब्ध गराउँदै ईभी पूर्वाधार विस्तारमा टेवा पुर्‍याइरहेको कम्पनीको दाबी छ ।

गण्डकी प्रदेशमा बढ्दो ईभी मागलाई मध्यनजर गर्दै गरिएको यो उद्घाटनले स्थानीय ग्राहकलाई अधिक सुविधाजनक सेवा उपलब्ध गराउने कम्पनीले विश्वास लिएको छ । लक्ष्मी ई–मोबिलिटीले इच्छुक उपभोक्तालाई नयाँ शोरूम भ्रमण गरी नेपालको इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय अनुभूति गर्न आमन्त्रण पनि गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्