नेभिगेशन
अर्थतन्त्र

बन्दीपुर केबलकारमा कुमारी बैंकका ग्राहकलाई छुट

काठमाडौं । कुमारी बैंकका ग्राहकहरूले केबलकारबाट प्रदान गरिने विभिन्न सेवामा छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतापत्रमा बैंक र केबलकारबीच हस्ताक्षर भएको बैंकले जनाएको छ ।

सम्झौताबमोजिम बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरिआएका सेवाहरूमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साइकिलिङ र जिपलाइन टिकट तथा डाईभइन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट हुनेछ । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शनजंग राणा र केबलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले आइतबार हस्ताक्षर गरेका छन् ।

विगत २४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाईहरूमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जानेसमेत प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्