नेभिगेशन
अर्थतन्त्र

लाइका क्यामेरासहित शाओमी १५टी बजारमा

काठमाडौं । शाओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ लाइका क्यामेरा तथा प्रिमियम हार्डवेयरसहित उचित मूल्यमा प्रस्तुत गरेको छ । लेन्स टेक्नोलोजीका लागि प्रसिद्ध लाइकासँगको सहकार्य, शक्तिशाली हार्डवेयर र प्रतिस्पर्धी मूल्यका कारण यो फोन नेपाली उपभोक्तामा नयाँ विकल्प हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार फोनलाई दैनिक प्रयोगदेखि फोटोग्राफी र गेमिङसम्मका आवश्यकताहरू ध्यानमा राखेर डिजाइन गरिएको छ ।

शाओमी १५टीको मुख्य आकर्षण ५० मेगापिक्सेलको प्राथमिक क्यामेरा हो, जसमा उच्च गुणस्तरको सेन्सर र अप्टिकल इमेज स्टेबलाइजेसन प्रयोग गरिएको छ । लाइकाका कलर प्रोफाइल र टोनले तस्बिरलाई प्राकृतिक र जीवन्त बनाएको कम्पनीको दाबी छ । सामान्य प्रयोगकर्तादेखि दैनिक फोटोग्राफी गर्नेहरूका लागि यो सेटअप पर्याप्त र व्यावहारिक मानिएको छ । अत्यधिक जुम वा अत्यन्त कम प्रकाशको आवश्यकता नभएसम्म यो क्यामेरा दैनिक फोटोका लागि उत्कृष्ट विकल्प मानिन्छ ।

फोनमा १२ जीबी एलपीडीडीआर ५एक्स र्‍याम र ५१२ जीबी युएफएस ४.१ स्टोरेज समावेश छ, जसले मल्टिटास्किङ, गेमिङ र भारी एप्लिकेशनहरू सहजरूपमा चलाउन मद्दत गर्छ । तीव्र डेटा ट्रान्सफर गति र एप लोडिङ क्षमताका कारण फोनको प्रदर्शन झनै स्मूथ हुने कम्पनीको दाबी छ । पर्याप्त स्टोरेज भएकाले हजारौं तस्बिर, भिडियो र ठूला गेम फाइलहरू सहजै सुरक्षित गर्न सकिन्छ ।

प्लास्टिक फ्रेममा बनेको १९४ ग्राम तौल भएको यो फोन हल्का र सुविधाजनक छ । आईपी६८ पानी तथा धुलो प्रतिरोधी छ । ६.८३ इञ्चको ओएलइडी डिस्प्लेमा १.५के रेजोल्युसन, १२० हट्र्ज रिफ्रेस रेट र ३,२०० निट्ससम्मको ब्राइटनेस सपोर्ट छ । एचडीआर १०+ र डोल्बी भिजन सपोर्टसमेत भएकाले भिडियो प्रभावशाली देखिन्छ ।

५,५००एमएच क्षमताको ब्याट्रीले मध्यमदेखि भारी प्रयोगमा पनि एक दिन सहजै टिक्नेछ । ६७ वाट फास्ट चार्जिङ सपोर्ट भएकाले करिब ५० मिनेटमै फोन पूर्ण चार्ज हुन्छ ।

१२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज क्षमताको शाओमी १५टी नेपाली बजारमा ६४ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । शाओमीका आधिकारिक बिक्रेता तथा रिटेल नेटवर्कमार्फत देशभर बिक्री सुरु भएको यो मोबाइल ४० प्रतिशत डाउन पेमेन्टसहित ९ महिनासम्मको किस्ता सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्