नेभिगेशन
अर्थतन्त्र

नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ ल्याउने

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित दरका २१ लाख ६ हजार कित्ताको २० प्रतिशत प्रतिशत साधारण शेयर निष्कासन गर्न लागेको हो । त्यसका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । शेयर निष्कासनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं तथा सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई सञ्चालन गर्न इजाजत प्राप्त गरेको छ । साथै बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्रका लागि योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्नका लागि स्वीकृतिसमेत प्राप्त गरेको छ । यस कम्पनी कोष व्यवस्थापक रही ‘नेशनल इक्वीटी फण्ड–१’ र ऊर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड का रूपमा ‘नेशनल हाईड्रो फण्ड–२’ सञ्चालन गर्दै आएको छ । यो कम्पनीमा विभिन्न सरकारी संस्थाहरूको करिब २७ प्रतिशत लगानी रहेको छ । यस्तै विभिन्न बैंक, वित्तीय संस्था एवम् एनआरएनहरूको पनि लगानी रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्