नेभिगेशन
अर्थतन्त्र

सालपालाई आईपीओ निष्कासन अनुमति

काठमाडौं । सालपा विकास बैंकले प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार बैंकलाई आईपीओ निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको हो ।

बैंकले एक सय रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न बोर्डसँग अनुमति मागेको थियो । शेयर निष्कासनका लागि बैंकको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्