नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स बैंकको जेनजी सेभिङ एकाउन्ट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।

सोमबार बैंकको कर्पो रेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो एकाउन्टको शुभारम्भ गरेका हुन् ।

यस बचत खाताले विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने  विश्वास गरिएको बैंकले जनाएको छ ।

यो खाता एक सय रुपैयाँमा सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान हुनेछ ।

युवा ग्राहकको कारोवारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सी–आश्वा कमिशन तथा सी–आश्वा रेजिष्ट्रेशनजस्ता महत्त्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइने पनि बैंकले जनाएको छ । डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र पाँच सय रुपैयाँमा उपलब्ध हुने विशेष बन्डल्ड सुविधासमेत राखेको छ ।

ग्राहकहरूले ट्राभल कार्ड जारी चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेनजी ड्यासबोर्डमार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउनेछन् । यो बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुनेछ ।

बैंकले ६१ जिल्लामा रहेका २०० शाखा कार्यालय, १६९ एटीएम काउन्टर, ३ विस्तारित काउन्टर र ४२ शाखा रहित बैंकिङ ईकाइहरूबाट १९ लाख ५४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै  आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्