नेभिगेशन
अर्थतन्त्र

नेपाल रेमिटरर्स र मलेसियन मनी सर्भिसेस बिजनेसबीच साझेदारी

काठमाडौँ । नेपाल रेमिटरर्स एशोसिएसनले मलेसियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेससँग औपचारिकरूपमा साझेदारी गरेको छ ।

यो सहकार्यले विश्व वित्तीय क्षेत्रमा नेपाली रेमिटेन्स कम्पनीहरूप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास र मान्यता प्रकट गर्ने  बताइएको छ ।

दुवै संघले मनी सर्भिसेस बिजनेस क्षेत्रलाई सुदृढ बनाउन, सहकार्य विस्तार गर्न र वृद्धि गर्न संयुक्तरूपमा काम गर्ने सहमति जनाएको छ ।

यो साझेदारीले ज्ञान आदान–प्रदान, सीमा–पार सहयोग र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्ने  दिशामा केन्द्रित हुने विश्वास गरिएको छ ।

सम्झौता हस्ताक्षर समारोहमा मलेसियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेसका अध्यक्ष जाजाखान बिन कादेर गनी र नेपाल रेमिटर्स एशोसिएसनका अध्यक्ष रितेश मित्तलले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवर्धन, तथा डिजिटल रूपान्तरण, अवैध सञ्चालकहरूको नियन्त्रण र उपभोक्ता संरक्षणजस्ता चुनौतीका बारेमा विचार विमर्श गरेका छन् ।

अध्यक्ष मित्तलले यो साझेदारी नेपालका रेमिटेन्स उद्योगका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।

यस्तै, मलेसियन मनी सर्भिसेसका अध्यक्ष जाजाखान बिन कादेर गनीले यो साझेदारीले प्रविधि, दक्षता विकास, र अन्तर्राष्ट्रिय मापदण्डको पालनामार्फत मनी सर्भिसेस क्षेत्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्