नेभिगेशन
अर्थतन्त्र

इनड्राइभ क्याम्पेनका विजेताले पाए पुरस्कार

काठमाडौं । मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंमा आयोजित एक समारोहमा पुरस्कार हस्तान्तरण गरिएको इन्ड्राइभले जनाएको छ । यो अभियानमा ड्राइभर पार्टनर्सबीच उत्साहपूर्वक सहभागिता भएको थियो ।

क्याम्पेन इनड्राइभका सबैभन्दा समर्पित चालकहरूको पहिचान र सम्मान गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो । क्याम्पेनअन्तर्गत साप्ताहिक चुनौती, आकर्षक पुरस्कार तथा दुईवटा मेगा ग्रान्ड पुरस्कारसमेत राखिएको थियो ।

तीनवटै च्यालेन्ज विक्समा प्लेटिनम स्थिति कायम राख्न सफल र सबै योग्यता पूरा गर्ने सहभागीहरूमध्येबाट विजेताहरू छानिएको थियो । नोभेम्बर ७ मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानलमार्फत प्रत्यक्ष लक्की ड्रमार्फत नाम सार्वजनिक गरिएको थियो । टाटा एक्सप्रेस–टी ईभी क्याब ड्राइभर रुेणीमा हरि पाण्डे विजेता भएका छन् । त्यस्तै, टीभीएस रेडर बाइक (मोटो) राइडर श्रेणीमा आकाश तामाङ विजेता बनेका छन् । दुवै विजेताहरूलाई तीन वटै च्यालेञ्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने र भव्य पुरस्कारको लागि योग्य हुने मापदण्ड पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो ।

इनड्राइभले साप्ताहिक उपहारहरू पनि वितरण गरेको छ । यीमध्ये १५ जनाले वनप्लस नर्ड सीई ४ लाइट फाइभ जी स्मार्टफोन, ३० जनाले अल्टिमा एटम १९२ इयरबड, र अन्य ३० जनाले अल्टिमा नोभा प्रो स्मार्टवाच जितेका छन् ।

कार्यक्रममा इनड्राइभ नेपालकी सिनियर ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले सबै विजेताहरूलाई बधाई दिँदै ड्राइभर पार्टनर्सको योगदानलाई उच्च सम्मान व्यक्त गरिन् । उनले सबै ड्राइभरहरूको प्रतिबद्धता र व्यावसायिकताको कदरस्वरूप यो अभियान सञ्चालन गरेको बताइन् । इनड्राइभले ड्राइभर पार्टनर्सलाई स्वतन्त्रता, निष्पक्षता र सशक्तीकरणका माध्यमबाट समर्थन गर्दै आगामी दिनमा अझ प्रभावकारी तथा आकर्षक क्याम्पेन ल्याइरहने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्