नेभिगेशन
अर्थतन्त्र

नेपाल एसबिआईको लाभांश घोषणा

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मंसिर ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्