नेभिगेशन
अर्थतन्त्र

क्रेस्ट माइक्रो लाइफको कार्यक्रम

काठमाडौं । लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखीकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा हेटौंडाको तास हाउस रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो ।

क्षेत्रीय प्रमुख अजय फुयाँलले सञ्चालन गरेकाे कार्यक्रममा हेटौंडा र आसपासका क्षेत्रबाट उल्लेख्य संख्यामा अभिकर्ताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत संवाद र अनुभव साझा गर्दै यस कार्यक्रमले थप ऊर्जा र उत्साह थप्ने धारणा राख्नुका साथै सम्मानित अभिकर्ताहरूले कम्पनीको भावी योजना र लक्ष्यमा योगदान दिने प्रतिबद्धता जनाएका थिए । लघु बीमाको बजारीकरणमा अभिकर्ताको भूमिकाका बारमा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले धारणा व्यक्त गरेका थिए । बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भाव्य बजार र अभिकर्ताले बनाउनुपर्ने योजनाबार जानकारी गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्