नेभिगेशन
अर्थतन्त्र

इलामका बाढीपहिरो प्रभावितलाई मेटलाइफलको सहयोग

इलाम । मेटलाइफ नेपालले इलाम जिल्लामा विनाशकारी बाढी र पहिरो प्रभावितहरूलाई ५०० लिटरको पानी ट्यांकी वितरण गर्न सुनगाभा विकास संस्थासँग सहकार्य गरेको छ । गत असोज १८ र १९ मा आएको भारी वर्षाले इलाम जिल्लामा विनाश ल्याएको थियो । बाढी पहिरोबाट जनधनको ठूलो क्षति भएको थियो । बाढी पहिरोपछि धेरै घरपरिवारहरू सफा पानीको स्थिर स्रोतबाट वञ्चित भएका कारण जनजीवन कष्टकर बनेको छ ।

मेटलाइफ नेपालले सुरक्षित र भरपर्दो पानी भण्डारणको तत्काल आवश्यकतालाई पहिचान गर्दै सुनगाभासँग साझेदारी गरी दुर्गम क्षेत्रका सबैभन्दा प्रभावित केही परिवारहरूलाई टिकाउ जलाशय ट्यांकीहरू प्रदान गरेको जनाएको छ । यस पहलमार्फत, ३३८ विस्थापित घरपरिवारमध्ये ८० भन्दा बढी परिवारले सुरक्षित पानी भण्डारणका लागि पहुँच पाउनेछन् ।

निष्पक्ष र पारदर्शी लाभार्थी छनोट सुनिश्चित गर्न स्थानीय वडा कार्यालयहरू र विपद् प्रतिक्रिया समितिहरूसँगको निकट समन्वयमा वितरण प्रक्रिया सञ्चालन भइरहेको मेटलाइफले जनाएको छ । सुनगाभाका स्थानीय स्वयंसेवकहरू र प्राविधिक टोलीले प्रत्येक परिवारले सुरक्षित र समयमै ट्यांकीहरू प्राप्त गर्ने कुरा सुनिश्चित गर्न वितरण, कागजात र अनुगमनको निरीक्षण गर्नेछन् ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले स्वच्छ पानीमा पहुँच बाँच्नको लागि मात्रै नभएर जीवन पुनर्निमाण गर्न पनि भएको बताए ।

मेटलाइफ नेपालले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमाजस्ता बीमा योजनाहरू उपलब्ध गराउदै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्