नेभिगेशन
अर्थतन्त्र

चिनियाँ डोंगफेंग मोटर अब अमेरिकामा पनि

काठमाडौं । चाइना डोंगफेंग मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनीले पेरुको राजधानी लिमाको सान्टिएगो डे सुर्को क्षेत्रमा सेप्टेम्बर ६ मा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रममा डोंगफेंग अटोमोटिभ इन्टरनेसनल बिजनेस डिभिजनका डेपुटी जनरल म्यानेजर याङ ताओ, कमर्शियल भेइकल ओभरसिज मार्केटिङ विभागका जनरल म्यानेजर लिउ सुएमिङ तथा पेरुका प्रमुख व्यावसायिक र प्यासेन्जर भेइकल पार्टनरहरू सहभागी थिए ।

उद्घाटनअघि पेरु मार्केटिङ सेन्टरले स्थानीय बाजारको विस्तृत मूल्यांकन, ग्राहक आवश्यकता अध्ययन र बजार रणनीति निर्माणमा धेरै समय लगाएको थियो । हाल पेरु बजारका लागि डोंगफेंगका उच्चस्तरीय जीएक्स ट्रयाक्टर, केसी डम्प ट्रक र केआर कार्गो ट्रक भित्र्याइएको छ, जसले स्थानीय व्यावसायिक भेइकलको मुख्य माग पूरा गर्ने लक्ष्य राख्छ । पेरुमा कम्पनी आधिकारिकरूपमा दर्ता भइसकेपछि स्थानीय टिम विस्तार पनि सुरु गरिएको कम्पनीले जनाएको छ । याङ ताओका अनुसार, डोंगफेंगले पेरुलाई दक्षिण अमेरिकी क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नेछ र आगामी एक–दुई वर्षमा पेरुलाई क्षेत्रीय बेञ्चमार्क बजार बनाउने लक्ष्य राखेको छ । स्थानीय साझेदारहरूको सहयोगमा मार्केटिङ, स्पेयर पाट्र्स आपूर्ति, तालिम तथा सेवा क्षमताहरू विस्तार गर्नेछ ।

उद्घाटनपछि डोंगफेंग टिमले स्थानीय पार्टनरसँग भविष्य योजनाबारे विस्तृत छलफल गरेको र लास बम्बास (चाइना मिनमेटल्स कर्पोरेसनको सहायक कम्पनी) को भ्रमण गरी यातायात उपकरण आवश्यकताहरू, नयाँ ऊर्जा ट्रेण्ड तथा समुदाय समर्थन परियोजनामा सम्भावित सहकार्यबारे प्रारम्भिक सहमति जुटाएको हो । टिमले लिमास्थित सान बार्तोलोम डिलरको नयाँ डोंगफेंग कमर्सियल भेइकल फ्ल्यागशिप स्टोरको उद्घाटनमा पनि सहभागी भएको छ । स्थानीय डिलरहरूले हालका वर्षमा डोंगफेंग भेइकलको गुणस्तर र सेवा क्षमता उल्लेखनीय रूपमा बढेको बताउँदै पेरु बजारमा ब्रान्डको विश्वास अझ मजबुत हुँदै गएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्