नेभिगेशन
राजनीति

सर्वोच्चमा आगजनी आरोपमा विद्यार्थी नेता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका बेला सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । उनी पूर्वमाओवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) सम्बद्ध छन् । प्रहरीका अनुसार सर्वोच्च अदालत जलाउँदा उनको उपस्थिति देखिएपछि पक्राउ गरिएको हो । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुने क्रममा ढुंगेल त्यहाँ उपस्थित रहेको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएका थिए । प्रहरीले सर्वोच्चमा आगजनी, तोडफोड र लुटपाटको आरोपमा यसअघि नै पाँच जना पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्