नेभिगेशन
प्रदेश

संस्कृति सहकालका लागि

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट बुधबार पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनअनुसार तःबहाल ल्याइएको हो । गुठियारहरूले निकालेको विशेष साइतमा बुङ्मती गएर पूजापाठ र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौं उपत्यकाका बाजागाजासहित खटमा बोकेर पाटन ल्याइएका हुन् । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झाँेकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । वर्षाको चक्र थामियो । १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा हुने पत्ता लगाए । त्यति गरे गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुपकामाक्षबाट नेपाल ल्याएको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्