नेभिगेशन
प्रदेश

१०६ दल दर्ता, म्याद अझै चार दिन

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि १ सय ६ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगले फागुन २१ गते को चुनावका लागि दल दर्ता गर्ने अन्तिम समय बुधवार साँझसम्म तोकेको थियो । उक्त अवधिसम्म दर्ता हुने दलको संख्या १ सय ६ पुगेको आयोगले जनाएको हो ।

आयोगले दल दर्ताको म्याद थपेको छ । पुनः चार दिन म्याद थप गरेको हो । आयोगले मंसिर १ गतेदेखि दल दर्ता खुलाएको थियो ।

‘निर्वाचन आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरुको जम्मा संख्या १३७ पुगेको छ भने नयाँ दल दर्ताका लागि प्राप्त निवेदनहरु माथिको कारवाहीसमेत जारी छ,’ आयोगद्वारा बुधबार बेलुका जारी विज्ञप्तिमा भनिएको छ, ‘दल दर्तामा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दल लगायतका सरोकार वालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगको मंसिर १० गते बसेको बैठकबाट निर्वाचन प्रयोजनका लागि राजनीति दल दर्ताको अवधि मंसिर १४ गतेसम्म थप गरिएको छ ।’ त्यस्तै, माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएको पनि आयो गका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।

१६ नयाँ दल चुनावी प्रतिस्पर्धामा

आयोगका अनुसार बुधबार बेलुकासम्म १६ वटा नयाँ दल दर्ता पहिलो पटक निर्वाचनमा भाग लिनका लागि दर्ता भएका छन् । यसरी पहिलोपटक चुनावमा सहभागी हुन लागेका दलहरुमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी), धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको श्रम संस्कृति पार्टी, ऊर्जा, सहरी विकास तथा भौतिक मन्त्री कुलमान घिसिङको अग्रसर तामा खुलेको उज्यालो नेपाल पार्टी, दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल छन् । यस्तै नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्