नेभिगेशन
अर्थतन्त्र

साना व्यवसायलाई औपचारिक अर्थतन्त्रमा जोडन ‘भिसा एक्सेप्ट’

काठमाडौं । विश्वको अग्रणी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालमा ‘भिसा लिडरशिप कन्क्लेभ २०२५’ सम्पन्न गर्दै साना तथा घरेलु व्यवसायलाई सशक्त बनाउन लक्षित नयाँ समाधान ‘भिसा एक्सेप्ट’ को सुरुवात गरेको छ । काठमाडौंको मारियट होटलमा आयोजित कार्यक्रममा बैंक, फिनटेक, व्यापारी तथा भुक्तानी प्रणालीसहित २०० भन्दा बढीको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना विशेष अतिथिका रूपमा सहभागी भए । भिसाको नेतृत्व टोलीमा बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सब्बिर अहमद, भारत तथा दक्षिण एसियाका उत्पादन प्रमुख रामकृष्णन गोपालन र नेपाल व्यवसाय प्रमुख मनोज थापा उपस्थित थिए ।

कन्ट्री म्यानेजर सब्बिर अहमदका अनुसार ‘भिसा एक्सेप्ट’ ले नेपालमा वित्तीय समावेशीकरणलाई बलियो बनाउँदै साना व्यापारीलाई औपचारिक अर्थतन्त्रमा जोड्नेछ । उनले डिजिटल रूपान्तरणलाई गति दिन यो प्रविधि महत्वपूर्ण हुने बताए । उत्पादन प्रमुख गोपालनले व्यापारीले मोबाइल फोनमार्फत नै ‘ट्याप टु फोन’ वा ‘पे बाइ लिंक’ प्रयोग गरी तुरुन्तै भुक्तानी स्वीकार गर्न सक्ने बताए ।

कार्यक्रम अन्त्यमा जुलाई २०२४ देखि जुन २०२५ सम्मका उपलब्धिका आधारमा २० श्रेणीमा १३ संस्थालाई सम्मान गरिएको थियो । ‘भिसा एक्सेप्ट’ ले कुनै अतिरिक्त उपकरण वा जटिल कागजी प्रक्रिया बिना मोबाइल बैंकिङ एप प्रयोग गरेर व्यवसाय प्रोफाइल सिर्जना गर्न सकिने सुविधा प्रदान गर्छ, जसले विशेषतः लघु व्यवसाय र महिला उद्यमीलाई नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

समारोहमा विभिन्न २० वटा श्रेणीमा १३ विजेताहरूलाई सम्मान गरिएको थियो । भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ले साझेदारीलाई बढवा दिने र डिजिटल रुपमा सशक्त अर्थतन्त्रतर्फको यात्रालाई गति दिने अत्याधुनिक समाधानहरू प्रदान गर्ने विश्वास गरिएको छ । भिसा एक्सेप्टले साना व्यापारीहरूलाई कुनै पनि मोबाइल फोनलाई स्वीकार्यता उपकरणमा परिणत गरी डिजिटल भुक्तानी स्वीकार गर्न सहयोग गर्छ । यसबाट छोटो समयमै ‘ट्याप टु फोन’ वा ‘पे बाइ लिंक’मार्फत भुक्तानी प्राप्त गर्न सकिनेछ । जसले ग्राहकलाई सहज र विश्वसनीय चेकआउट गराउने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्